कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन समाग्रीको व्यवस्था जस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणको परिकल्पना गरिएको छ । यस परियोजना स्वदेशी सोंच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार पारिएको हो र कृषि विकास रणनीति कार्यान्वयनको सहयोग गर्न यस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आ.व. २०७३/७४ देखि २०८२/८३ सम्म १० वर्षका लागि देशभर संचालनमा आएको छ । यस परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाइ, तरकारी जोन, रौतहट आ.व. २०७३/७४ मा स्थापना भएको हो भने यसै परियोजना कार्यान्वयन एकाइ, रौतहट अन्तर्गतको धान वीउ जोन आ.व. २०७६/७७ देखि संचालनमा आएको छ ।